वर्षाका कारण कुवेतविरुद्धको खेल नतिजाविहीन, नेपाल फाइनलमा

एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।

तस्वीर : क्यान

काठमाडौँ– आयोजक नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। वर्षाको कारण खेल नतिजाविहीन भएपछि नेपाल फाइनलमा पुगेको हो।

जितका लागि २८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको थियो। तर, वर्षाको कारण खेल रोकियो। कीर्तिपुरमा अहिले पनि भारी वर्षा जारी छ। 

डकवर्थ–लुइस नियम (डीएल) लागू गर्न २० ओभर खेलेको हुनुपर्छ। तर, वर्षाका कारण सुपर ओभर पनि गर्न सम्भव नभएपछि समूह चरणमा शीर्ष भएको आधारमा नेपाल विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

नेपाल समूह 'ए'को विजेता हो। कुवेत समूह 'बी'को उपविजेता हो।