आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनको अन्त्य गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको पुनको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन्।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकार गम्भीर नभएको भन्दै शुक्रबारदेखि काठमाडौँको माइतिघरमा आन्दोलन शुरू गरेका उनले नीति निर्माणको काम नगर्ने सांसदलाई ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।
“सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन, कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन,” उनले भने, “सांसदलाई काम गरेनन् भने ढ्यांग्रो ठोक्दै लखेट्नुपर्छ।” अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएकाले माग पूरा नभएसम्म धर्ना जारी रहने पुनको भनाइ छ।
सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन उनको आग्रह छ। “अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोइ रु माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ। यो अनुरोध सबै पार्टीलाई हो। नेताहरू आएर मेरो भाषण सुनुन्। की मलाई संसद्मा गएर बोल्ने व्यवस्था गरिदिउन्,” उनले भने, “यो नेपालीको दर्द हो।”
आफ्नो आन्दोलन सबै सानातिना आन्दोलन पूरा गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको उनको भनाइ छ। नवप्रवर्द्धन र आविष्कारका क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्नेसमेत उनले दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
