औद्योगीकरणमार्फत् अर्थतन्त्रको रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको एमालेले कृषिमा आधारित उद्योग, प्राकृतिक स्रोतमा आधारित उद्योग, ज्ञान तथा उच्च प्रविधिमा आधारित उद्योगको तीव्र विकास गरि उत्पादन र निकासी बढाउने प्रतिबद्धता गरेकाे छ। साथै,आर्थिक तथा औद्योगिक करिडोरको पूर्वाधार निर्माण गरिने र संभावना भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। उद्योग व्यवसाय दर्ताका लागि विभिन्न निकायमा जानुपर्ने र जटिल प्रक्रियाको अन्त्य गर्ने भनेको छ।स्वदेशी उत्पादनहरूको न्यूनतम परिमाण सार्वजनिक क्षेत्रले खरिद गर्नुपर्ने र यी उत्पादनको स्वदेशी तथा विदेशी बजारको उपलब्धतामा सरकाले सहयोग गर्नुपर्ने कानूनी व्यवस्थासमेत मिलाउने प्रतिबद्धता पनि एमालेको छ।यस्तै, नेपाललाई दक्षिण एसियामा लगानीको आकर्षक गन्तव्य बनाउने भनेको एमालेले उद्यमी व्यवसायीलाई पुँजि परिचालनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरू स्थापना गर्न युवा र वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउनेसमेत भनेको छ। यस्तै, नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध हुन प्रोत्साहन गर्ने र सहकारीको क्षमता विकासमा सरकारले सहयोग गर्ने घोषणापत्रमा उल्लेख छ।एमालेले आगामी पाँच वर्षमा २५ लाख विदेशी पर्यटन नेपाल भित्राउने प्रतिबद्धतासमेत गरेको छ।एमालेको घोषणापत्रमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरि नेपाललाई वातावरणमैत्री दिगो विकासको नमुना देश बनाउने प्रतिबद्धता जनाएको छ।योसँगै काठ उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ संरक्षण, विकास र उपयोग गर्ने भनेको छ भने जलवायुका असर कम गर्ने गरी रणनीति तर्जुमा गर्ने विषय पनि उल्लेख गरेको छ।एमालेले आफ्नो घोषणापत्रमा जलवायु अनुकूलनका …
औद्योगीकरणमार्फत् अर्थतन्त्रको रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको एमालेले कृषिमा आधारित उद्योग, प्राकृतिक स्रोतमा आधारित उद्योग, ज्ञान तथा उच्च प्रविधिमा आधारित उद्योगको तीव्र विकास गरि उत्पादन र निकासी बढाउने प्रतिबद्धता गरेकाे छ। साथै,आर्थिक तथा औद्योगिक करिडोरको पूर्वाधार निर्माण गरिने र संभावना भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। उद्योग व्यवसाय दर्ताका लागि विभिन्न निकायमा जानुपर्ने र जटिल प्रक्रियाको अन्त्य गर्ने भनेको छ।
स्वदेशी उत्पादनहरूको न्यूनतम परिमाण सार्वजनिक क्षेत्रले खरिद गर्नुपर्ने र यी उत्पादनको स्वदेशी तथा विदेशी बजारको उपलब्धतामा सरकाले सहयोग गर्नुपर्ने कानूनी व्यवस्थासमेत मिलाउने प्रतिबद्धता पनि एमालेको छ।
यस्तै, नेपाललाई दक्षिण एसियामा लगानीको आकर्षक गन्तव्य बनाउने भनेको एमालेले उद्यमी व्यवसायीलाई पुँजि परिचालनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरू स्थापना गर्न युवा र वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउनेसमेत भनेको छ। यस्तै, नेपालका सबै परिवारलाई सहकारीमा आवद्ध हुन प्रोत्साहन गर्ने र सहकारीको क्षमता विकासमा सरकारले सहयोग गर्ने घोषणापत्रमा उल्लेख छ।एमालेले आगामी पाँच वर्षमा २५ लाख विदेशी पर्यटन नेपाल भित्राउने प्रतिबद्धतासमेत गरेको छ।
एमालेको घोषणापत्रमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरि नेपाललाई वातावरणमैत्री दिगो विकासको नमुना देश बनाउने प्रतिबद्धता जनाएको छ।
योसँगै काठ उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ संरक्षण, विकास र उपयोग गर्ने भनेको छ भने जलवायुका असर कम गर्ने गरी रणनीति तर्जुमा गर्ने विषय पनि उल्लेख गरेको छ।
एमालेले आफ्नो घोषणापत्रमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरि नेपाललाई वातावरणमैत्री दिगो विकासको नमुना देश बनाउने प्रतिबद्धता जनाएको छ। यस्तै, काठ उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ संरक्षण, विकास र उपयोग गर्ने भनेको छ भने जलवायुका असर कम गर्ने गरी रणनीति तर्जुमा गर्ने उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
