नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।
काठमाडौँ– एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्। नेपाल र कुवेतबीच अहिलेसम्म ३ खेल भएको छ। जसमा नेपाल २ तथा कुवेत १ खेलमा विजयी भएका छन्।
नेपालले समूह चरणमा मलेसिया, ओमान र कतारलाई हराएको थियो। साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।
उता, पहिलो खेलमा युएईसँग पराजित भएको कुवेतले बहराइन, सिंगापुर र हङकङलाई पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
