बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ
रामपुर– तरकारी खेतीमा आबद्ध पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या बाख्रापालनमा पनि जोडिएको छ।
रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन्। बाख्रापालनमा रामपुर नगरपालिकाले सहयोग गरेको छ।
नगरपालिकाले उपहार दिएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उनको सोच छ। उनको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ। बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दिगो स्रोत बनाउने उनले सुनाइन्।
नगरपालिकाभित्र गठन भएका २० वटा स्वावलम्बन महिला समूहमा उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ। २०७७/७८० असारदेखि हालसम्म रामपुरमा उन्नत जातका ३६१ वटा प्रजननयोग्य माउपाठी वितरण गरिएको छ। महिलाको आम्दानीसँग जोड्नका लागि बाख्रापालन, कृषि, स्थानीय जातका कुखुराको प्रवर्द्धन कार्य भइरहेको छ।
समूहको संस्थागत विकासका लागि मासिक बैठक बस्ने, बचत उठाउने र लगानी गर्ने, प्राविधिक छलफल, खोर निर्माणमा अनुदान, पाँच माउ बाख्रा भएकालाई खोर बनाउन सहयोग, क्षमता विकासका विभिन्न तालिम, साना पशुका लागि जुकामाटेको औषधि, लहरेबालीका बीउबिजन वितरण भइरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका संयोजक सन्जु परियारले बताइन्।
बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ। “उन्नत जातका बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालन कार्यक्रममा जोड दिइरहेका छौँ,” नगर उपप्रमुख बालकुमारी थापाले भनिन्, “बाख्रापालक किसानलाई प्रोत्साहन गर्दै नगरले आवश्यकता र किसानको मागको आधारमा विभिन्न सहयोगका कार्यक्रम गर्नेछ।”
यहाँ किसानले आधुनिक प्रविधिका खोर निर्माण, स्थानीय खरी तथा बोयर क्रस जाता बाख्रा पाल्दै आएका छन्। पाख्रापालन कार्यक्रममा नगरपालिकालाई पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सहयोग गरेको छ। रामपुरका किसानको आम्दानीको मुख्य स्रोत बाख्रापालन बनेको उपप्रमुख थापाको भनाइ छ। गत आर्थिक वर्षमा पाल्पाबाट २० हजार खसीबोका बिक्री गरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
