युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले 'अयोग्य लडाकु'लाई दुई लाख दिने मन्त्रिपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय युवासंघले 'अयोग्य लडाकु'लाई दुई लाख दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा महतले पैसा बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
उनले आफू अर्थमन्त्री भएर आएपश्चात् अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले 'अयोग्य लडाकु'लाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे। "मलाई जानकारी भएसम्म 'अयोग्य लडाकु'लाई पैसा बाँड्ने भन्ने विषय आएको थिएन। पैसा बाँड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे मलाई जानकारी छैन," उनले भने।
अर्थमन्त्री डा. महतले सरकार अनावश्यक खर्च गर्ने, नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने, भ्रष्टाचार गरी बेथिति गर्ने कुनै पनि काम सरकारबाट नहुने बताए। उनले अर्थमन्त्री महतले आफू कुनै पार्टी,व्यक्तिलाई राज्यको ढुकुटीबाट पोस्ने काम नगर्ने प्रतिबद्धता जनाए।
यता, शुक्रबार अर्थ मन्त्रालयमा युवासंघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र दिन प्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धराशायी बनेका र महँगीले आकाश छोएको अवस्था 'अयोग्य लडाकु'लाई दुई लाख दिने सरकारको तयारी गलत भएको बताको छ।
युवासंघका अध्यक्ष थेबे नक्कली लडाकुहरूको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको र त्यस्तो अवस्थामा सरकारले पैसा बाँड्न लागे भन्दै आपत्ति जनाए।
उनले देशमा अर्थतन्त्र उकास्न प्राथमिकता दिनुको ठाउँमा उल्टै सरकारले १८ वर्षपछि पूर्व 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिनु नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको आरोप लगाए।
युवासंघले सरकारसँग देशको अर्थतन्त्र उकास्न सातबुँदे मागसमेत गरेको छ। संघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
