गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पोखरा– गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री पाण्डेसहित माओवादीबाट एक र कांग्रेसबाट एक गरी दुई विनाविभागीय मन्त्रीले पनि शपथ लिएका हुन्।
नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीका तर्फबाट सुशीला सिम्खडा मन्त्री नियुक्त भएका हुन्। शुक्रबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराए।
प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले ढलेको थियो। त्यसपछि प्रदेश प्रमुख गुरुङले प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
बिहीबार कांग्रेस, माओवादी र स्वतन्त्र सांसदसहितको समर्थनमा कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए। पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र स्वतन्त्र एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
