अमेरिकी आणविक हतियार सहितका पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्न र सोललाई आफ्नो आणविक परियोजना सञ्चालनमा सहभागी गराउन वासिंगटन सहमत भएको छ।
उत्तर कोरियाबाट हुनसक्ने आणविक खतरालाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच महत्त्वपूर्ण साझेदारी भएको छ।
समय–समयमा निरन्तर अमेरिकी आणविक हतियार सहितका पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्न र सोललाई आफ्नो आणविक योजना सञ्चालनमा सहभागी गराउन वासिंगटन सहमत भएको हो। बदलामा आफूले आणविक हतियार विकास गर्न नपाउनेमा दक्षिण कोरिया सहमत भएको छ।
उत्तर कोरियाबाट हुनसक्ने आक्रमण रोक्न, मित्रराष्ट्रहरूसँगको साझेदारी थप मजबुत बनाउन वासिंटनको घोषणा सहयोगी बन्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए।
दक्षिण कोरियालक्षित आक्रमणका लागि प्योङयाङले रणनीतिक आणविक हतियार विकासका साथै अमेरिकी केन्द्रीय भूमिसम्म पुग्ने लामो दूरीका क्षेप्यास्त्र बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। त्यसैले उत्तर कोरियाको आणविक खतरा दुवै देशका लागि चिन्ताको विषय बनिरहेको बीबीसीले जनाएको छ।
अमेरिकाले प्रत्यक्ष रूपमा दक्षिण कोरियाको रक्षा गर्ने विषय सन्धिको दायित्वमा बाँधिएको छ। त्यस्तै, केही समयअघि अमेरिकाले आवश्यक परे आणविक हतियार प्रयोग गर्नेसमेत प्रतिबद्धता जनाएको थियो। यद्यपि, दक्षिण कोरियामा केहिले अमेरिकी प्रतिबद्धता र देशमा आफ्नै आणविक कार्यक्रम सञ्चालनका लागि आग्रह गरेको कुरामा सन्देह गर्छन्।
अमेरिका भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलले सुरक्षा बढाउन, आक्रमणको प्रतिकार गर्न र अमेरिकी मित्रराष्ट्रलाई बचाउन आणविक हतियार प्रयोग गर्ने वासिंटनको घोषणालाई “अप्रत्याशित प्रतिबद्धता” भनेका छन्। हालैको नयाँ सहमति दुई पक्षबीच महिनौँसम्मको छलफलको नतिजा भएको वरिष्ठ प्रशासकीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
नयाँ सम्झौताअनुसार अमेरिकाले पछिल्लो ४० वर्षमा पहिलो पटक दक्षिण कोरियामा आणविक हतियार पनडुब्बी पठाएर सुरक्षा प्रतिबद्धता जनाएको हो। जसअन्र्तगत आणविक क्षमताका बमरहरूसहित रणनीतिक सम्पत्तिहरूसमेत पर्छन्।
अमेरिका र दक्षिण कोरियाले आणविक योजनासम्बन्धी विषयमा छलफलका लागि आणविक परामर्श टोलीसमेत बनाउने सहमति भएको छ।
उत्तर कोरियाविरुद्ध आणविक हतियार प्रहार गर्ने योजनामा आफूहरूलाई समेत सहभागी गराउनुपर्ने भन्दै सोलका राजनीतिक नेताहरूले लामो समयदेखि वासिंटनसँग आग्रह गर्दै आएका थिए।
पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक शस्त्रअस्त्रको आकार र भण्डारनलाई बढाउँदै लगेको छ। यस्तोमा अमेरिकाले चाल्ने कदमप्रति दक्षिण कोरियाली जनता सशंकित हुँदै आएको र अँध्यारोमा राखिएको महसुस गर्दै आएको समाचारमा जनाइएको छ। साथै, दक्षिण कोरियालाई आफ्नै आणविक हतियार निर्माणका लागि भन्दै एक्लो पार्ने कुराको पनि त्रास रहँदै आएको थियो।
यद्यपि, जनवरीमा राष्ट्रपति युनले यस विषयमा आफ्नो धारणा खुलेर वासिंटनलाई सुनाएका थिए। केबल शब्द र आश्वासनले काम गर्दैन दक्षिण कोरियाले आफ्नै आणविक हतियार निर्माण गर्ने वा नगर्ने भन्नेमा अमेरिकाले ठोस आग्रह गर्नुपर्नेमा दक्षिण कोरियाले स्पष्ट धारणा राखेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
