प्याच नामक कुकुरले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’मा उपाधि जितेको छ।
अमेरिकाका ६ वटा राज्यका बुलडगहरू सहभागी एक प्रतिस्पर्धामा प्याच नामक कुकुरले ब्युटीफुल बुलडगको उपाधि जितेको छ।
दुई वर्षे प्याचले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’ मा उपाधि जितेको हो। प्याच सडक उद्धार गरिएको कुकुर भएको बताएको छ।
बुलडगको प्रतिस्पर्धामा उद्धार गरिएका अन्य ९ वटा बुलडग पनि सहभागी भएका थिए। कुकुरका मालिक जेनिफर हिल्टन र जोल कोर्नडरले प्याचले उपाधि जित्दा आफूहरू निकै खुशी भएको बताएका छन्।
होचो कद, मोटो शरीर, ठूलो मुख र गालामा झुन्डिएको बाक्लो छाला भएको कुकुरको प्रजातिमा पर्छ बुलडग। इंग्लिस बुलडग भनेर चिनिने यो प्रजातिको कुकुरको विषेशता भनेको खासै आकर्षक नहुनु हो। यद्यपि, बुलडग धेरैको रोजाइमा पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
