यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरण हरेक १० वर्षमा गर्न सकिने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।
काठमाडौँ– सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण १०/१० वर्षमा गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ।
मंगलबार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरण हरेक १० वर्षमा गर्न सकिने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका हुन्। अहिले स्मार्ट लाइसेन्स ५/५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
उनले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताए। उनले लाइसेन्सका लागि ट्रायल परीक्षा पास गरी लामो समयसम्म कुरेर बसेकाहरूको समस्या ७ महिनाभित्र अन्त्य गर्ने योजना सुनाए।
स्मार्ट लाइसेन्सको आयु २० वर्ष भएकाले कार्य बोझ कम गर्न सरकारले १० वर्षमा नवीकरण गर्न सकिने गरी ऐनमा नै व्यवस्था गरेर चाँडै लागू गर्न लागेको उनको भनाइ छ। “लाइसेन्स वितरणको लोड कम गर्ने गरी १० वर्षमा नवीकरण गर्ने गरी ऐनमा नै व्यवस्था गरेर अघि बढाएका छौँ। केही समयपछि लागू हुन्छ,” उनले भने।
उनले सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अंग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अंग्रेजी, नेपाली र नेपाली र अंग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताए।
मन्त्री ज्वालाले सडक वर्गीकरणको आधार तयार गरी संघ, प्रदेश र स्थानीय तहले बनाउने गरी कानूनी रूपमै वर्गीकरण गर्ने बताए। उनले आगामी बजेटमा १ खर्ब १३ अर्ब रुपैयाँ मात्रै सिलिङ तोकिएको भन्दै खर्च नहुने योजनाको बजेट खर्च हुने ठाउँमा विनियोजन गरिने बताए। “मन्त्रालयले खर्चलाई प्राथमिकता दिएर खर्च नहुने ठाउँको खर्च घटाएर भए पनि पुँजीगत खर्च बढाउने गरी काम गर्ने सोचमा रहेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
