कांग्रेसका सांसद धनराज गुरुङले बाँदरलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटबाट राहत मिल्ने बताएका छन्।
काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने बताएका हुन्। उनले आर्थिक व्यवस्थापनका लागि अस्ट्रेलियाले राष्ट्रिय जनावर कंगारु मारेर छाला निर्यात गरेको, श्रीलंकाले एक लाख बाँदरहरू निर्यात गर्ने निर्णय गरेको उदाहरण दिँदै नेपालले पनि बाँदर निर्यात गर्न सक्ने बताए।
"कृषिमा वैज्ञानिकीकरण गरौँ। हामी एकातिर भन्दै छौँ। अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय। सभामुख महोदय कि हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला," उनले भने, "यसोभन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन कि भन्ने मलाई आशंका पनि छ। तैपनि बाँदर आतंकलाई अन्त्य गर्नु छ। त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दा खेरी ठिकै हुन्छ जस्तो लाग्दछ सभामुख महोदय।"
उनले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए। "सत्तापक्ष र प्रतिपक्षको भाव राखेर होइन, कि यो महासंकटमा एक ठाउँमा उभिएर काम गर्नु छ," उनले भने।
उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको दोहोर्याए। भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा सञ्चालन गरे पनि नेपाल उँभो नलाग्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
