निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार बढी मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन्।
मंगलबार बिहान सम्पन्न मतगणनामा वाग्लेले ३४ हजार ९१८ मत प्राप्त गरे। भट्टराईले २० हजार १२२ मत ल्याए। वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन्।
त्यस्तै एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गर्दै तेस्रो भए। राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन्।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा निर्वाचित भएका पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो। त्यसबेला पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए।
एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ र गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए। रास्वपाका विकाश सिग्देल ६ हजार ४४ मत प्राप्त गर्दै चौथो भएका थिए।
लामो समय कांग्रेसको राजनीतिमा रहेका वाग्ले चैत १६ मा रास्वपा प्रवेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
