चितवन–२ मा मतगणना शुरू

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको छ।

काठमाडौँ– चितवन–२ मा मतगणना शुरू भएको छ। सोमबार दिउँसो २ बजेपछि मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट गणना थालिएको हो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा छ। आइतबार भएको मतदानमा ७८ हजार २७७ मत खसेको थियो।

रास्वपा सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो।