आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– यूएईसँग पराजित हुँदै सिंगापुर एसीसी प्रिमियर कपबाट बाहिरिएको छ। आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा सिंगापुर यूएईसँग २०१ रनले पराजित भएको हो।
जारी प्रतियोगितामा सिंगापुरको यो लगातार तेस्रो हार हो। सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा बहराइनसँग १३२ रनले पराजित हुँदै सेमिफाइनल पुग्ने अवसर गुमाइसकेको थियो।
आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो। सिंगापुरका मनप्रीत सिंहले सर्वाधिक ६६ रन बनाए। उनले ६४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
थिलिपन मदुराईले ५६ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए। यता, सुरेन्द्रन चन्द्रमोहन र कप्तान अरित्रा दत्त ३८/३८ रनमा आउट भए। विनोथ बास्करन १८ र अब्दुल रहमान भडेलिया १६ रनमा आउट हुँदा सिंगापुरका ४ ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
यूएईका सन्चित शर्मा, कार्तिक मयप्पन र आयान अफजल खानले २/२ विकेट लिए। जुनैद सिद्दिकी, रोहन मुस्तफा र जहूर खानको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
मोहम्मद वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १६० रन बनाए। उनले ६२ बलमा शतक पूरा गरेका थिए। उनले गत महिना कीर्तिपुर मैदानमै सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ११९ रनको शतकीय इनिङ्स खेलका थिए।
उनले पहिलो विकेटका लागि आर्यन लाक्रासँग २२ रनको साझेदारी गरेका थिए। उनी ७ बलमा २ चौकासहित १२ रन बनाएर आउट भए। २.४ ओभरमा १–२२ को स्थितिमा रहेको यूएईको इनिङ्स वासिम र वृत्य अरविन्दले उकासेका थिए।
उनीहरूबीच दोस्रो विकेटका लागि २४६ रनको साझेदारी भएको थियो। वासिम २८औँ ओभरको पाँचौ बलमा अद्वित्य भार्गवको बलमा बोल्ड भए।
यूएईका सन्चित शर्मा ८ बलमा २ चौकासहित १६ रन प्रहार गर्दै अविजित रहे। यता, वृत्य अरविन्दले १३३ बलमा १७ चौका र ७ छक्कासहित १७४ रन बनाए।
आयन अफजल खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएर आउट भए। यूएईका आर्यन लाक्रा १२, आशिफ खान ११, रोहन मुस्तफा ३ र कार्तिक कार्तिक मयप्पन १ रनमा आउट भए।
सिंगापुरका अद्वित्य भार्गवले ८ ओभर बलिङ गर्दै ८५ रन खर्चिएर ४ विकेट लिए। रमेश कालिमुथुले ३ र विनोथ बास्करनले २ विकेट लिए। मनप्रीत सिंहको नाममा १ विकेट रह्यो।
समूह 'बी' मा ३ खेल खेलेको यूएईको ४ अंक छ। यूएई नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ। उसको २.१८१ नेटरननेट रहेको छ। एक खेल कम खेलेको हङकङको पनि ४ नै अंक रहेको छ। हङकङ शीर्ष स्थानमा छ। हङकङको २.२०४ नेटरनरेट रहेको छ।
तेस्रो स्थानमा रहेको बहराइन र चौथोको कुवेतको २/२ अंक रहेको छ। उनीहरूले यूएईले भन्दा १/१ खेल कम खेलेका छन्। यूएईले पहिलो खेलमा कुवेतलाई १४३ रनले पराजित गरेको थियो।
तर, दोस्रो खेलमा डीएल मेथडको आधारमा हङकङसँग ६७ रनले पराजित भयो। अब यूएईले अन्तिम खेल बहराइनसँग खेल्ने छ। यता, ३ खेल खेलेको सिंगापुर अंकविहीन छ। सिंगापुरले अन्तिम खेल कुवेतसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
