कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
काठमाडौँ– कप्तान मुहम्मद वसिम र वृत्य अरविन्दले शतक प्रहार गरेपछि एसीसी प्रिमियर कपमा यूएईले सिंगापुरलाई ४७२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।
वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १६० रन बनाए। उनले ६२ बलमा शतक पूरा गरेका थिए। उनले गत महिन कीर्तिपुर मैदानमै सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यू गिनीविरुद्ध ११९ रनको शतकीय इनिङ्स खेलका थिए।
उनले पहिलो विकेटका लागि आर्यन लाक्रासँग २२ रनको साझेदारी गरेका थिए। उनी ७ बलमा २ चौकासहित १२ रन बनाएर आउट भए। २.४ ओभरमा १–२२ को स्थितिमा रहेको यूएईको इनिङ्स वासिम र वृत्य अरविन्दले उकासेका थिए।
उनीहरूबीच दोस्रो विकेटका लागि २४६ रनको साझेदारी भएको थियो। वासिम २८औँ ओभरको पाँचौ बलमा अद्वित्य भार्गवको बलमा बोल्ड भए।
यूएईका सन्चित शर्मा ८ बलमा २ चौकासहित १६ रन प्रहार गर्दै अविजित रहे। यता, वृत्य अरविन्दले १३३ बलमा १७ चौका र ७ छक्कासहित १७४ रन बनाए।
आयन अफजल खान ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएर आउट भए। यूएईका आर्यन लाक्रा १२, आशिफ खान ११, रोहन मुस्तफा ३ र कार्तिक कार्तिक मयप्पन १ रनमा आउट भए।
सिंगापुरका अद्वित्य भार्गवले ८ ओभर बलिङ गर्दै ८५ रन खर्चिएर ४ विकेट लिए। रमेश कालिमुथुले ३ र विनोथ बास्करनले २ विकेट लिए। मनप्रीत सिंहको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
