प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत सवारीसाधनले दर्ता भई काम गर्न नपाएको गुनासो आएकाले दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा बनाउन मुख्यसचिव वैरागीलाई निर्देशन दिएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।
आइतबार सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुने गरी दर्तासम्बन्धी कानुनको तयारी गर्न निर्देशन दिएका हुन्।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्नुपर्नेमा उनको जोड छ। प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउनसमेत मुख्य सचिवलाई निर्देशन दिएका छन्।
यसैबीच प्रधानमन्त्री दाहालको निर्देशन लगत्तै मुख्यसचिव वैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा पेस गर्न निर्देशन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
