धादिङको नीलकण्ठ नगरपालिकाले वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध डोजर चलाएको स्थानीयले बताएका छन्।
मलेखु– धादिङको नीलकण्ठ नगरपालिकाले उद्यान (पार्क) निर्माणको बहानामा वन क्षेत्र अतिक्रमण गरेको छ। वडा नं ८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध वन क्षेत्रको दोहन गरेको हो।
धादिङबेँसीबाट एक किलोमिटर दूरीमा रहेको तीनतले भिरमा केही दिनदेखि डोजर चलिरहेको छ। त्यहाँका रुख, बिरुवा त मासिएकै छ, ढुंगासमेत रातारात तस्करी भएको स्थानीयले बताएका छन्। वन क्षेत्रमा पार्क निर्माण गर्ने विषयमा वन उपभोक्ता समिति र उपभोक्ता पनि अनभिज्ञ छन्।
डोजर चल्न थालेपछि मात्रै थाहा पाएको कमेरे सामुदायिक उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बानियाँले बताए। “वन क्षेत्रमा पार्क बनाउने, मन्दिर निर्माण गर्ने भन्ने योजना नगरपालिकाले बनाएको रे तर हामीसँग कुनै पनि कुरामा समन्वय भएको छैन,” उनले भने, “यो बजेट कहाँबाट आयो, कति बजेट हो, कसले आएर काम गरिरहेको छ? हामीलाई केही छैन।”
डोजरले ढुंगा उत्खनन गरी अन्यत्र लगेको देखेपछि रोक्न जाँदा उल्टै धम्की दिने गरेको वन समितिका सचिव होमनाथ कोइरालाले बताए। कमेरे सामुदायिक वनभित्र पर्ने कमेरेडाँडामाथि बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ८० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत तीनतले पार्क निर्माण गर्ने जग्गा सम्याइरहेको छ।
नीलकण्ठ नगरपालिकाले पनि यो वर्ष नै त्यही ठाउँमा नीलकण्ठेस्वर मन्दिर निर्माण र सिँढी निर्माणका लागि भन्दै ९० लाख रुपैयाँको अर्को योजना शुरू गरेको छ। तर प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छैन। सामुदायिक वनभित्र स्थायी संरचना निर्माण गर्न नपाइने सचिव कोइरालाले बताए।
उनका अनुसार डिभिजन वन कार्यालयसँग समन्वय गरी कार्ययोजना स्वीकृत गराएर अस्थायी प्रकृतिका संरचना निर्माण गर्न सकिन्छ। तर, त्यस्ता काम गर्दा ठूला मेसिनको प्रयोग गर्न पाइँदैन। वन ऐनअनुसार वन क्षेत्रबाट चट्टान, ढुंगा, कोइलाखानी, माटो, बालुवा आदि निकाल्न वा ओसारपसार गर्न पाइँदैन।
वन अतिक्रमण भएकोबारे जानकारी नरहेको डिभिजनल वन कार्यालय धादिङका प्रमुख अजयविक्रम मानन्धरले बताए। कमेरे सामुदायिक वन ४२ हेक्टरमा फैलिएको छ। २०० घरधुरीले यो वनको संरक्षण गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
