'ए' डिभिजन लिगमा चर्च ब्वाइजको अपराजित यात्रा कायम

जितसँगै चर्च ब्वाइज १८ अंक जोडेको छ भने सातदोबाटो १७ अंकमा सीमित भएको छ।

काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा चर्च ब्वाइजले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई २-१ कोलअन्तरले पराजित गरेको हो।

चर्च ब्वाइजले खेलको सातौँ मिनेटमा शुरूआती अग्रता लिएको थियो। चर्चका लागि आशिष चौधरीले पहिलो गोल गरेर। खेलको ३२ मिनेटमा सातदोबाटोका नीरज चौधरीले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए। तर, खेलको ४६ औँ मिनेटमा चर्चका मिलन राईले दोस्रो गोल गरे। सोही गोल नै निर्णायक बन्यो। चर्चको चौथो जित हो।

जितसँगै चर्च १८ अंक जोडेको छ भने सातदोबाटो १७ अंकमा सीमित भएको छ। खेलको अंकतालिका अनुसार जावलाखेल २० अंकसहित शीर्ष स्थानमा छ। समान १८ अंक रहेको चर्च ब्वाइज दोस्रो र थ्री स्टार तेस्रो स्थानमा छन्।