स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट बिहीबार आफ्नो पहिलो परीक्षण उडानका क्रममा विस्फोट भएको छ।
स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट बिहीबार आफ्नो पहिलो परीक्षण उडानका क्रममा विस्फोट भएको छ। उडान भरेको केही समयमै रकेट विस्फोट भएर म्याक्सिकोको खाडीमा दुर्घटनाग्रस्त भएको हो।
एलन मस्कको कम्पनीले यो स्टारसिपलाई म्याक्सिको सीमा नजिकै टेक्ससको दक्षिणी क्षेत्रबाट प्रक्षेपण गरेको थियो। दुनियाँको भ्रमण गर्ने उद्देश्य राखेर निर्माण गरिएको स्टारिसप परीक्षणकै क्रममा विस्फोट भएको हो।
यस स्टारसिपमा मानिस र भूउपग्रह थिएन। परीक्षण सफल भए यो रकेटलाई चन्द्रमा, मंगल ग्रहजस्ता बृहत् अन्तरिक्ष अभियानमा प्रयोग गर्ने तयारी गरिएको थियो।
रकेटले टेक्ससमा रहेको स्पेस एक्सको स्पेसपोर्ट स्टारबेसबाट सफलतापूर्वक उडान भरेको थियो। रकेट लन्च प्याडबाट उडेर ३९ किलोमिटर माथिसम्म पुगेको थियो। त्यसको तीन मिनेटपछि स्टारसिप क्याप्सुलको पहिलो चरणको बुस्टर अलग हुनुपर्थ्यो तर त्यस्तो नभएर रकेट विस्फोट भयो।
यसअघि सोमबार पनि यो परीक्षण उडाउन अन्तिम समयमा रद्द भएको थियो। यस रकेटलाई अहिलेसम्मकै शक्तिशाली रकेट मानिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
