समूह ‘ए’ को दोस्रो खेलमा मलेसियाले साउदीलाई ८ विकेटले पराजित गरेको छ। साउदीले दिएको १५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– मोहम्मद अमिर र वीरन्दीप सिंहको अर्धशतक प्रेरित मलेसियाले एसीसी प्रिमियर कपमा साउदी अरबलाई पराजित गरेको छ।
बिहीबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा मलेसियाले साउदीलाई ८ विकेटले पराजित गरेको हो। साउदीले दिएको १५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
मलेसियाका ओपनर मोहम्मद अमिरले सर्वाधिक ५६ रनको इनिङ्स खेले। उनले ४४ बलमा १२ चौका प्रहार गरे।
उनले पहिलो विकेटका लागि वीरन्दीपसँग ८२ रनको साझेदारी गरेका थिए। अमिर १२औँ ओभरको दोस्रो बलमा जैन उल अबिदिनले बोल्ड गरे।
वीरन्दीपले ५३ बलमा ८ चौकासहित ५१ रन बनाए। उनी पनि २०औँ ओभरको दोस्रो बलमा क्याच आउट भएका थिए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका सैयद अजिज ३० बलमा ५ चौका प्रहार गर्दै ३४ रनमा अविजित रहे।
मोहम्मद शाहदत ४ रनमा अविजित रहे। साउदीका जैन उल अबिदिनले ८.२ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर २ विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको साउदीले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनायो।
साउदीका हसिब धफोयोरले सर्वाधिक ४० रन बनाए। उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर अब्दुल वाहिदले ७२ बलमा २ चौकासहित ३६ रन बनाए।
यता, कप्तान हिशाम शेखले ३७ बलमा २ चौकासहित २१ रन बनाए।
आतिफ-उर-रहमान १८ रनमा अविजित रहे। साउदीका ७ ब्याटर दोहोरो अंकमा रन नबनाइ पेभिलियन फर्किएका थिए।
मलेसियाका खिजर हयातले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मेडनसहित १३ रन खर्चिए।
यता, मोहम्मद वाफिक, रिजवन हैदर र अनवर रहमानले २/२ विकेट लिए।
विरन्दिप सिंहको नाममा १ विकेट रह्यो। खेलको प्लेअर अफ द म्याच खिजर भए।
जितसँगै समूह ए मा मलेसियाले २ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा मलेसिया आयोजक नेपालसँग ६ विकेटले पराजित भएको थियो। मलेसिया अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।
समान २ अंक जोडेको ओमान नेटरननेटको आधारमा तेस्रो स्थानमा छ। ओमानले १ खेल कम खेलेको छ। यस समूहमा नेपाल नेटरननेटको आधारमा शीर्ष स्थानमा रहेको छ।
नेपाल र ओमानले दोस्रो खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
