मानहानि मुद्दामा सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि गान्धीले फैसला खारेजीको मागसहित सुरत अदालतमा निवेदन गरेका थिए। जसलाई अदालतले बिहीबार खारेज गरिदिएको छ।
भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिल सुरत अदालतले खारेज गरिदिएको छ।
मानहानि मुद्दामा सुरत अदालतले गान्धीलाई दोषी करार गर्दै दुई वर्षको जेल सजाय सुनाएपछि फैसला खारेजीको मागसहित उनले सुरत अदालतमा निवेदन गरेका थिए। जसलाई अदालतले बिहीबार खारेज गरिदिएको हो।
न्यायाधीश आरपी मोगेराले निवेदन ‘डिसमिस्ड’ गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब गान्धीले अदालतको निर्णयविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताइएको छ।
सन् २०१९ को लोकसभा निर्वाचनको चुनावी र्यालीमा सहभागी हुँदा गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र मोदी थर गरेका नेताको मानहानि हुने गरेका भाषण गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो।
गान्धीले भाषणमा भनेका थिए, “नरेन्द्र मोदी, नीरव मोदी, ललित मोदी, सबै चोरहरूको थर मोदी किन हुन्छ?" यसविरुद्ध गुजरातका सांसद पूर्णेश मोदीले मानहानि मुद्दा दर्ता गरेका थिए।
यसै मुद्दामा सुरत अदालतले मार्च २३ मा फैसला गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो। अदालतको निर्णयलगत्तै भोलिपल्ट संसद्ले गान्धीको सांसद पद रद्द गरिदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
