रियलसँग पराजित भएपछि चेल्सीका कप्तान थियागो सिल्भा क्लबको व्यवस्थापनप्रति रूष्ट देखिए। उनले क्लबको यो नतिजको जिम्मेवार खराब ट्रान्सफर रणनीतिले ड्रेसिङ रूममा ल्याएको बेमेल रहेको आरोप लगाए।
स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा चेल्सीलाई समग्रमा ४-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनमा स्थान बनायो। पहिलो लेगमा चेल्सीको घरेलु मैदानमा कप्तान करिम बेन्जेमा र मार्को असेन्सियोको १/१ गोलको मद्दतमा रियलले २ गोलको अग्रता लिइसकेको थियो।
मंगलबार राति दोस्रो लेगमा चेल्सीलाई त्यो नतिजा उल्टाउँदै कम्तिमा ३ गोलको अग्रताले खेल जित्नुपर्ने दबाब थियो। स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीले योजनाअनुसार नै बल पोसेसन राख्यो पनि। पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सी दोस्रो हाफमा भने सम्हालिन सकेन। रियलका ब्राजिली विंगर रोड्रिगोले खेलको ५८ र ८०औँ मिनेटमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए।
मंगलबारको हारसँगै चेल्सीका कप्तान तथा सेन्ट्रल ब्याक थियागो सिल्भा क्लबको व्यवस्थापनप्रति रूष्ट देखिए। उनले क्लबको यो नतिजको जिम्मेवार खराब ट्रान्सफर रणनीतिले ड्रेसिङ रूममा ल्याएको बेमेल रहेको आरोपसम्म लगाउन भ्याए।
"टोलीमा अद्भुत खेलाडीहरू छन्। तर, स्वामित्व परिवर्तनसँगै नयाँ खेलाडीहरू आइपुगे। हामीले चेन्जिङ रूमको साइज बढाउनुपर्यो। प्रशिक्षकलाई ३० बाट ११ खेलाडी छनोट गर्न निकै गाह्रो भयो। त्यसैले सबैले खेल्न पाएनन्," उनी भन्छन्, "हामीले जनवरीमा ८ जना भित्र्यायौँ। हामीले अब नयाँ खेलाडी भित्र्याउन रोक्नुपर्छ र रणनीति बनाउनुपर्छ। अन्यथा अर्को सिजन हामीले उही गल्ती गर्न सक्छौँ।"
टोड बोह्लीको समूहले चेल्सीको स्वामित्वमा लिएको छ। गत मेमा चेल्सीको स्वामित्व परिवर्तन भएसँगै प्रशिक्षक र खेलाडीदेखि क्लबभित्रको संरचना फेरिए। उसले दुई प्रशिक्षक परिवर्तन गर्यो। यस्तै, यस सिजन ५५० मिलियन खर्चिएर जाओ फेलिक्स, एन्ड्रे सान्तोस, बेनोइट बाडियाशिले, डेभिड डाट्रो फोफाना, मिखाइलो मुड्रिक, नोनी माडुके, मालो गुस्टो र एन्जो फर्नान्डेजलाई अनुबन्ध गर्यो।
चेल्सी एएफए कप र लिग कपबाट बाहिरियो। यता, नयाँ खेलाडीले पनि सोचेजस्तो खेल देखाउन सकेनन्। यसको सिकार प्रशिक्षक बने। खेल खस्किँदै गएपछि चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई सात महिनामै बर्खास्त गर्यो। उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार बेहोर्यो।
थोमस टुचेललाई बर्खास्त गरेपछि उनी गत सेप्टेम्बरमा चेल्सीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। बर्खास्त हुनुअघि उनी सटायर हान्दै भन्थे, "चेल्सीको प्रशिक्षक हुनु विश्व फुटबलमा सबैभन्दा कठिन काम हो।"
अहिले टोलीको प्रशिक्षकमा पूर्वमिडफल्डर फ्रान्क लाम्पार्ड छन्। ४४ वर्षीय लाम्पार्ड अन्तरिम मुख्य प्रशिक्षकको भूमिकामा चेल्सी फर्किएका हुन्। उनलाई पनि राम्रो नतिजा दिलाउन नसकेको भन्दै चेल्सीले बर्खास्त गरेको थियो। तर, चेल्सी नयाँ दीर्घकालीन मुख्य प्रशिक्षकको खोजी गरिरहेको छ। यस महिना जुलियन नागेल्सम्यान र लुइस एनरिकेले प्रशिक्षकको लागि अन्तर्वार्ता दिएका थिए।
आगामी दुई महिनाका जिम्मेवारी सम्हाल्न चेल्सी फर्किएका लाम्पार्डको प्रदर्शन यसपटक पनि सन्तोषजनक देखिएको छैन। उनको प्रशिक्षणमा मैदान उत्रिएको चेल्सी प्रिमियर लिगमा वल्भ्स र ब्राइटनसँग पराजित भयो। यता, च्याम्पियन्स लिगको दुवै लेगमा रियलसँग हार बेहोर्न पुग्यो।
यी दुई टोली च्याम्पियन्स लिगमा लगातार तेस्रोपटक भिडेका थिए। गत सिजन च्याम्पियन बनेको रियलले चेल्सीलाई क्वार्टरफाइनलमै पन्छाएको थियो। त्यसअघिको सिजनमा भने चेल्सीले रियललाई सेमिफाइनलमा पराजित गर्यो। यसपटक रियल फर्ममा फर्कियो र दोस्रो लेगमा आफू अनुकूल नतिजा हात पार्दै १३ सिजनमा ११औँ पटक सेमिफाइनलमा पुग्यो। चेल्सीले भने सन् २०१३/१४ यता पाँचौँ पटक सेमिफाइनल यात्रा तय गर्न असफल बन्यो।
ल्याम्पार्डले अब चेल्सीको बाँकी सात खेलको जिम्मा लिनेछन्। तर, क्लब प्रिमियर लिगको चौथो स्थानमा रहेको न्यूक्यासलसँग १७ अंकले पछि परेको छ। चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग गुमाउने निश्चित छ। ३८ वर्षीय ब्राजिलियन खेलाडी सिल्भाको सायद यो नै अन्तिम च्याम्पियन्स लिग हो। उनको चेल्सीसँगको सम्झौता एक वर्ष बाँकी छ।
"यो च्याम्पियन्स लिगमा मेरो अन्तिम खेल हुन सक्छ। मसँग मेरो सम्झौता एक वर्ष मात्र बाँकी छ र मेरो करियर अन्त्यनजिक पुग्दैछ। हामीले सिजनको अन्त्यसम्म धेरै खेलहरू जित्ने प्रयास जारी राख्नुपर्छ," उनी भन्छन्, "सबैले प्रशिक्षक फेर्ने कुरा गर्छन्। तर, यो समस्याको समाधान होइनजस्तो मलाई लाग्छ।"
चेल्सीले घरेलु लिगका पछिल्ला ५ मध्ये ३ खेलमा पराजय भोगेको छ। बाँकीका दुई खेलमा भने बराबरी खेल्दै अंक बाँडेको छ। रियलसँगको हारेले चेल्सीको जितविहीन यात्रा छैटौँ खेलसम्म पुगेको छ। आफूहरूले गरिरहेको गल्ती पहिचहान गरेर सुधार गरे राम्रो स्थानमा पुगिनेमा उनी विश्वस्त छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
