सांसद डाँगीले वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताइन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसद्लाई जानकारी गराउनुपर्ने बताएकी हुन्।
काठमाडौँ विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरूबारे पनि सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताइन्।
"काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचीमा पर्ने घटना पहिलो पटक भने होइन। केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ," उनले भनिन्, "त्यसैले वायु प्रदूषण नियन्त्रण र रोकथामका लागि अल्पकालीन, मध्याकालीन र दीर्घकालीन योजनाहरू के के बनाइएका छन्? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।"
सांसद डाँगीले काठमाडौँ प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
