सुर्खेतको एसपीए सूर्य जेभीले २०७५ चैतमा सक्ने गरी २०७३ असोजमा १० करोड ५० लाख रुपैयाँमा पुल निर्माणकाे जिम्मा लिएको थियो।
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन थालेको सात वर्ष भयो। तर, ठेकेदारको लापरबाहीका कारण अझै पनि पुल निर्माण अलपत्र छ।
पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ। २०७५ चैत १८ मा काम पूरा गर्ने गरी सुर्खेतको एसपीए सूर्य जेभीले २०७३ असोज १९ गते १० करोड ५० लाख रुपैयाँमा निर्माणकाे जिम्मा लिएको थियो। सोहीअनुसार पुल निर्माणको काम शुरू हुँदा खुशी भएका स्थानीय अहिले निराश छन्।
लामो समयसम्म पुल नबन्दा खोलाबाट सवारीसाधन वारपार गर्न समस्या भइरहेको स्थानीय सुरेश परियारले बताए। “वर्षात्मा झनै समस्या हुने गरेको छ। पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन,” उनले भने, “निर्माण कम्पनिले साइटमा आएर काम गरेको देखिँदैन।”
शुरूका दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो। अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको परियारको भनाइ छ। निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गरे पनि बेवास्ता गरेको तुलसीपुर–१५ का कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले बताए।
सडक डिभिजन कार्यालय दाङका अनुसार उक्त योजनाको २०८० असार मसान्तसम्मका लागि म्याद थप भएको छ।
तोकिएको समयमा निर्माण पूरा नभए म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने कार्यालयका इन्जिनियर विके लाखेले बताए। पुल निर्माण अधुरो हुँदा नागरिकले सास्ती भोग्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
