राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
काठमाडौँ– आगामी वैशाख १० गते तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना परिचालन गर्न लागिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको उल्लेख छ।
एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार राष्ट्रिय सुरक्षा परिषद् चैत २८ गते सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत माग्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। सोही दिन मन्त्रिपरिषद्ले सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत लिने निर्णय गरेको थियो। चैत ३० गते मन्त्रिपरिषद्को कार्यालयले पत्र लेख्दै राष्ट्रपतिसमक्ष सेना परिचालनको स्वीकृत माग गरेको थियो। राष्ट्रपति सेनाका परमाधिपति हुने भएकाले सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिनुपर्ने व्यवस्था रहेको छ।
वैशाख १० गते चितवन–२, बारा–२ तनहुँ १ मा उपनिर्वाचन हुँदै छ। चितवन– २ बाट निर्वाचित भएका रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उक्त क्षेत्र रिक्त भएको थियो। तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। रामसहायप्रसाद यादव उपराष्ट्रपति नियुक्त भएपछि रिक्त बनेको बारा–२ मा पनि वैशाख १० गते उपनिर्वाचन हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
