आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा बारम्बार अनुपस्थित हुने गरेको भन्दै हराएको सूचना पढेर सुनाएका हुन्।
काठमाडौँ– एमाले सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा अनुपस्थित भएपछि हराएको सूचना पढेर सुनाएका हुन्।
“नागरिकताको नाम : श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम : प्रचण्ड, स्थायी ठेगाना : फेरिराख्ने, अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार, हुलिया : पहिले–पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने,” उनले सूचनामा भनेका छन्, “उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल आउनै छोडेकाले फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला।”
पन्तले प्रधानमनत्री दाहाल अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
