खड्ग गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्।
काठमाडौँ– खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत ‘लाहुरे’ ठाडो भाकामा सार्वजनिक भएको छ।
नयाँ वर्षको अवसर पारेर शुक्रबार सार्वजनिक भएको गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ। ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन्।
“लाहुरेको मनको कुरा बोलेको छ यो गीतले। गण्डकी अञ्चलमा रहेका गुरुङ र मगरहरू लाहुर जाँदा गाइने गीत हो, लाहुरे”, गीतको सन्दर्भ जोड्दै गायक गर्बुजाले भने।
गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्। कालीगण्डकीको सेरोफेरोमा गर्बुजाले सालैजो, ठाडो भाका, यानीमाया, कौराजस्ता गीत गाउँदै आएका छन्।
३० वर्षदेखि लोकदोहोरी गीतमा आफ्नो स्वर दिँदै आएका गायक गर्बुजाको लाहुरे ठाडो भाकाले लाहुरेको कथा भनेको छ।
गीतको भिडियोमा पुराना अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन्। राजु केसीको निर्देशनमा तयार भएको गीतलाई रक्षा बानिया र आकाश केसीले निर्माण गरेका हुन्।
यस्तै, सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
