गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
काठमाडौँ– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले वैशाख ९ गतेका लागि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभाको बैठक प्रदेशसभा भवन नदीपुरमा वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारी वैशाख १० गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ।
चैत १० गते माओवादी केन्द्रले एमाले नेता अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। साथै माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले पनि राजीनामा दिएका थिए।
माओवादी केन्द्रबाट हरिबहादुर चुमान र रेशम जुग्जालीले प्रदेश सरकारमा सहभागी थिए। तर केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो। अधिकारी पुस २५ गते माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एमालेका २२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
