एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।
बैतडी– सुदूरपश्चिम प्रदेशमा ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदै छ। यहाँ नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाउने चलन छ।
हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र सिस्नु लगाउने चलन रहिआएको छ। आफन्तहरू एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ।
सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ। सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने स्थानीय जयानन्द भट्टले बताए। पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन कम हुँदै गएको उनको भनाइ छ।
सुदूरपश्चिमको महत्त्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोले लिपपोत गरिन्छ। यसरी घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास छ। बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरू घर फर्किएका छन्। सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारत जाने गरेका छन्।
साहित्यकार रमेश पन्त ‘मितबन्धु’ यसलाई विष फाल्ने पर्वका रूपमा लिने गरिएको बताउँछन्। बिहानैदेखि पवित्र नदीमा स्नान गर्ने गरिन्छ। आजको स्नानले शरीरमा भएको विषाक्त पदार्थ हटेर जाने र जीवन विषमुक्त हुने विश्वास गरिन्छ। आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्त्वका रूपमा लिइन्छ। यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ।
इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
