बालगोपाल महर्जन चर्च ब्वाइजको मुख्य प्रशिक्षक

प्रशिक्षक प्रदीप हुमागाईंले वर्क परमिट नपाएपछि चर्च ब्वाइजबाट राजीनामा दिएका थिए। त्यसयता क्लब प्रशिक्षकविहीन थियो।

काठमाडौँ– प्रशिक्षक बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड क्लबमा आबद्ध भएका छन्।

यसअघिका प्रशिक्षक प्रदीप हुमागाईँले वर्क परमिट नपाएपछि राजीनामा दिएका थिए। त्यसयता चर्च ब्वाइज प्रशिक्षकविहीन थियो।

बालगोपालले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न बुधबार सम्झौता गरेका हुन्। उनको यो तेस्रो ए डिभिजन क्लब हो। यसअघि उनले थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लब सम्हालिसकेका छन्।

ए डिभिजन लिगको अंक तालिकामा चर्च ब्वाइज तेस्रो स्थानमा छ। उसले ७ खेल खेलमा १३ अंक जोडेको छ।