बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

बैतडीबाट बझाङ जाँदै गरेको जिप गएराति साढे ११ मा दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

काठमाडौँ– बैतडीको पाटन नगरपालिका–८ झाउलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

खोड्पेदेखि बझाङ जाँदै गरेको जिप गएराति साढे ११ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ५०० मिटर तल खसेको बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामी रहेका छन्।

जिपमा चालकसहित १२ जना सवार थिए। ५ जनाले हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

मृतको शव घटनास्थलबाट पोष्टमार्टम गर्न लैजाने तयारी भइरहेको छ।