चेल्सीले ३० वर्षीय जियेचका लागि २० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी सन् २०२० मा आयाक्सबाट ३३.३ मिलियनमा चेल्सी आएका थिए।
काठमाडौँ– इंग्लिस प्रिमियर क्लब चेल्सीका विंगर हाकिम जियेचलाई भित्र्याउन तीन क्लबले इच्छा देखाएका छन्। जियेचलाई समर ट्रान्सफर विन्डोमा चेल्सीले अन्यत्र पठाउन चाहेको छ।
चेल्सीले ३० वर्षीय जियेचका लागि २० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी सन् २०२० मा आयाक्सबाट ३३.३ मिलियनमा चेल्सी आएका थिए। उनलाई भित्र्याउन प्रिमियर लिगकै टोटनह्यामसँगै वेस्टह्याम युनाइटेड र फुलह्याम इच्छा देखाएको हो।
चेल्सी आएयता उनले ५९ खेल खेलका छन्। उनले तीन सिजनमा मात्र ६ गोल गरेका छन् भने २५ गोलमा योगदान दिएका छन्। यद्यपि, चेल्सीसँग उनको सम्झौता सन् २०२५ सम्म रहेको छ।
जियेचले कतार विश्वकपमा मोरक्कोका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। उक्त फर्म उनले जारी राख्ने धेरैले अपेक्षा गरेका थिए। तर स्ट्यामफोर्ड ब्रिजमा उनले उक्त फर्मलाई निरन्तरता दिन सकेनन्।
फेब्रुअरीको अन्त्यमा लन्डन प्रतिद्वन्द्वी टोटनह्यामसँग २-० ले पराजित भएपछि जियेच खेलेका छैनन्। इंग्ल्यान्डमा उनको समय समाप्त भएको देखिन्छ, उनलाई पूर्व ब्लुज डिफेन्डर फ्रान्क लेबोउफले पनि सिजनको अन्त्यमा चेल्सी छोड्न आग्रह गरेका छन्।
"पक्कै पनि जियेच खुशी छैनन्। ऊ धेरै खेल्न चाहन्छ। ऊ उत्कृष्ट खेलाडी हो। उसले मोरक्कोको लागि खेल्दा हरेक पटक उत्कृष्ट दिएको छ। तर, चेल्सीका लागि खेल्दा उक्त फर्मलाई निरन्तरता दिन सकेको छैन," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
