मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।
काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०७९ मा सबैभन्दा बढी गोल भएको खेलमा मछिन्द्रले जित हासिल गरेको छ।
च्यासल मैदानमा मंगलबार सम्पन्न मछिन्द्र र एफसी खुमलटारबीच १० गोलको ‘थ्रिलर’ खेल भएको हो। मछिन्द्रले खुमलटारविरुद्ध ७ गोल गर्यो। खुमलटारले भने ३ गोल मात्रै फर्काउन सक्यो।
मछिन्द्रको जितमा ओलाओले अफिजले ह्याट्रिकसहित ५ गोल गरे। विमल घर्ती मगर र विजय भुजेलले १/१ गोल गरे। खुमलटारका मेसुके ओलोमोउले २ र स्टेफन बिनोङले १ गोल गरे।
खेलको २५औँ मिनेटमा डिफेन्स लाइनबाट सुरज विकको लामो पासमा आएको बललाई नियन्त्रणमा लिएर अफिज टुइसेटन ट्रन गर्दै सानविल कोस्टालाई झुक्काएर डिबक्सभित्र पुगेका थिए। उनले प्रहार गरेको बल सजिलै गोलमा परिणत भयो।
२९औँ मिनेटमा अफिजले दोस्रो गोल गरे। मिडफिल्डबाट चेन्चो ग्याल्सेनले दिएको बललाई उनले कमजोर डिफेन्सको फाइदा उठाउँदै खुमलटारका गोलरक्षक देव लिम्बूलाई बिट गर्दै गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा विमलले गोल गरे। चेन्चोको प्रहार गोलरक्षक देवले जोगाए पनि रिबाउन्डमा आएको बललाई विमलले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाए।
५६औँ मिनेटमा आफिजले ह्याट्रिक पूरा गरे। विमलले गोलरक्षक देवलाई छकाएर गरेको प्रहार पदम भट्टराईले हातले रोकेका थिए। त्यसपछि रेफ्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए। आफिजले उक्त पेनाल्टीमा गोल गर्दै ४-० को अग्रता दिलाए।
६१औँ मिनेटमा मेसुकेले खुमलटारका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए। उनले स्टेफन बिनोङको पासमा डिबक्सभित्रबाट गरेको प्रहारले जाली चुमेको थियो।
तर, एक मिनेट नबित्दै आफिजले व्यक्तिगत चौथो गोल गरे। पूजन उपरकोटीले मिडफिल्डबाट दिएको पासलाई आफिजले गोलरक्षक देवलाई बिट गर्दै गोल गरे।
६७औँ मिनेटमा आफिजले व्यक्तिगत पाँचौँ गोल गरे। आन्द्रेस नियाको लामो पासलाई आफिजले हेडरमार्फत गोल गरे। ७६औँ मिनेटमा स्टेफनले खुमलटारका लागि गोल गरे। उत्सव राईले डिबक्स भित्र रेजिन सुब्बालाई पुस गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
उक्त पेनाल्टीलाई स्टेफनले सदुपयोग गर्दै खेल ६-२ को स्थितिमा ल्याए। ८१औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ६-३ बनाए। उनले अविषेक लिम्बूले दिएको बललाई नियन्त्रणमा लिँदै डिबक्स बाहिरबाट गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले ठम्याउन सकेनन्।
८७औँ मिनेटमा खुमलटारका डिफेन्डरहरूले खुस्काएको बललाई अगाडि बढाउँदै वैकल्पिक फरवार्ड विजयले गोल गर्दै मच्छिन्द्रलाई ७-३ गोलअन्तरको जित दिलाए।
जितसँगै मच्छिन्द्रले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको छ। मछिन्द्र अंक तालिकामा पाँचौँ स्थानमा छ। खुमलटार ८ खेलमा ७ अंकका साथ दशौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
