यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभा शुरू भएको छ। साधारणसभाको मंगलबार याक एण्ड यति होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।
यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत पदका लागि बुधबार निर्वाचन हुनेछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्। मतदान कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ। विभिन्न ६४ पदका लागि ११६ जना चुनावी प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि तीनसहित जिल्लारनगरतर्फको उपाध्यक्षमा तीन, वस्तुगततर्फको उपाध्यक्षमा तीन र एसोसिएटतर्फको उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ।
यस्तै जिल्लारनगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेशमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ।
महासंघमा जिल्लारनगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७६२ गरी २ हजार १८ सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
