खेलको पहिलो हाफमा नै ३ गोल भएको थियो। लिभरपुलको मैदानमा आर्सनलले २५ मिनेटभित्र २ गोल गरेको थियो। उसले आठौँ र २५ मिनेटमा गोल गरेको थियो।
इङ्लिश प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा आइतबार लिभरपुलसँग २-२ को बराबरीमा रोकिएको छ।
खेलको पहिलो हाफमा नै ३ गोल भएको थियो। लिभरपुलको मैदानमा आर्सनलले २५ मिनेटभित्र २ गोल गरेको थियो। उसले आठौँ र २५औँ मिनेटमा गोल गरेको थियो। आर्सनलका गाब्रिएल मार्टिनेली र गाब्रिएल जेससले गोल गरे।
लिभरपुलले ४२औँ मिनेटमा पहिलो गोल फर्काएको थियो। मोहमद सलाहले गोल गरेर लिभरपुलको आशा जीवित बनाएका थिए। तर उनले ५४औँ मिनेटमा गोल गर्न चुकेपछि खेल बराबरीमा ल्याउन लिभरपुलले ८७औँ मिनेटसम्म कुर्नु परेको थियो।
वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले ८७औं मिनेटमा गोल गरेर १ अंक सुनिश्चित गरेका थिए। उनी ७८औँ मिनेटमा फाबिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलको अन्त्यतिर लिभरपुलले आर्सनलको पोष्टमा लगातार आक्रमण गरेको थियो। आर्सनलका गोलकिपर राम्सडेले दुई सानदार बचाउ गरेर हारबाट जोगाएका थिए।
यो खेलपछि आर्सनलको ३० खेलबाट ७३ अंक भएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ६७ अंक छ। लिभरपुल २९ खेलबाट ४४ अंकसहित आठौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
