गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिएको छ।
काठमाडौँ– गृह मन्त्रालयले मावली थरबाट जन्मदर्ता दिन गरेको परिपत्र सच्याउँदै आमाकै थरबाट बच्चाको जन्मदर्ता गर्न निर्देशन दिएको छ।
विरोध उत्पन्न भएपछि मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिपत्र सच्याउँदै देशभरका सबै वडा कार्यालयलाई पितृत्वको ठेगान नखुलेका बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राख्न निर्देशन दिएको हो।
यसअघि जारी भएको परिपत्रबाट द्विविधा उत्पन्न भएकाले थप प्रष्ट पारेर अर्को परिपत्र गरिएको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले जनाएका छन्। "बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्नेमाथि उल्लेखित परिपत्रका सम्बन्ध थप स्पष्ट गरिएको छ,” महानिर्देशक पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ अनुसार एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिइएको हो।
त्यस्तै, परिपत्रको दोस्रो बुँदामा भनिएको छ, “विवाहअघि बच्चा जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने। यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्म दर्ता गरिदिने।”
सांसद तथा अधिकारकर्मीहरूले सरकारले संविधान र कानूनविपरीत मावलीको थर राखेर एकल महिलाबाट बच्चाको जन्मदर्ता गराउन परिपत्र गरेको भन्दै आपत्ति जनाएका थिए। प्रतिनिधिसभाको बैठकमै सांसदहरूले गृह अन्तर्गतको पञ्जीकरण विभागले जारी गरेको परिपत्रका सच्याउन माग गरेका थिए।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
