‘ए’ डिभिजन लिगमा मछिन्द्रले संकटालाई पराजित गरेको छ भने अर्को खेलमा एनआरटीले हिमालयन शर्मालाई हराउँदै पहिलो जित हात पारेको छ।
काठमाडौँ– मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आइतबार सम्पन्न खेलमा मछिन्द्रले संकटा क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
मछिन्द्रको जितमा विमल घर्तीमगर र ओलाओले अफिजले गोल गरे। संकटका मनिष डाँगीको गोल सान्त्वना रह्यो।
खेलको २०औँ मिनेटमा मछिन्द्रले विमलको गोलमार्फत् अग्रता लियो।
तर, संकटा २ मिनेट नबित्दै खेलमा फर्कियो। आयुष घलानले दिएको बललाई मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए ।
दोस्रो हाफको शुरूआतमै मछिन्द्रले पुनः अग्रता लियो। निसेन सुब्बाको क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए। उक्त प्रहार रिबाउन्डमा गोलमा परिणत भयो।
जितसँगै मछिन्द्रले ७ खेलबाट ९ अंक जोडेको छ। संकटाले समान खेलबाट ९ नै अंक जोडेको छ।
एनआरटीको पहिलो जित
सातदोबाटोमा सम्पन्न अर्को खेलमा न्यूरोड टिम एनआरटीले पहिलो जित निकालेको छ। एनआरटीले सातौँ खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
एनआरटीको जितमा रोशन खड्की र जेनिश प्रजापतिले गोल गरे।
हिमालयनका खमिर कन्दङवाको गोल सान्त्वना रह्यो। खेलमा अग्रता भने हिमालयनले लिएको थियो। खेलको १४औँ मिनेटमा खमिरले गोल गरे।
तर, हिमालयनले उक्त अग्रता बचाउन सकेन। एनआरटीका रोशनले खेलको ६७औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। ८९औँ मिनेटमा जेनिशले अर्को गोल गर्दै एनआरटीलाई पहिलो जित दिलाए।
जितसँगै एनआरटीले ७ खेलबाट ६ अंक जोडेको छ। हिमालयन समान खेलबाट ६ अंक बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
