ओमानका प्रशिक्षक दुलीप मेन्डिसले नेपालमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गर्दै राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन्।
काठमाडौँ– ओमानका मुख्य प्रशिक्षक दुलीप मेन्डिसले एसीसी प्रिमियर कपमा राम्रो नतिजाको अपेक्षा रहेको बताएका छन्। आगामी सातादेखि नेपालमा हुने प्रतियोगिताका लागि आइतबार १४ सदस्यीय टोली घोषणा गर्दै उनले खेलाडीहरू लयमा रहेका कारण राम्रो नतिजाको अपेक्षा रहेको बताएका हुन्।
ओमानले जिशान मक्सूदको कप्तानीमा १४ सदस्यीय टोलीको घोषण गरेको छ। टोलीको उपकप्तानमा अकिब इलियास छन्। उनीहरूबाहेक टोलीमा आक्रामक ब्याटर जतिन्दर सिंह, युवा ब्याटर अयान खान र तीव्र गतिका बलर बिलाल खान पनि छन्।
श्रीलंकाली प्रशिक्षक मेन्डिसले यो प्रतियोगितालाई अवसरको रूपमा हेरेको बताए। “विश्व क्रिकेट लिग–२ मा निकै राम्रो प्रदर्शन गरेर हामी सात राष्ट्रमध्ये दोस्रो भयौँ। एशिया कप छनोट र विश्वकप छनोट दुवैलाई ध्यानमा राखेर केटा (खेलाडी)हरूले निकै राम्रोसँग तयारी गरेका छन्। यही लयलाई निरन्तरता दिएर उपाधि जित्यौँ भने यो हाम्रा लागि ठूलो अवसर हुनेछ,” उनले भने।
उनले एशिया कपमा पुग्न सके विश्व कप छनोटमा आत्मबल मजबुत हुने पनि बताए।
लिग–२ का ३६ मध्ये ओमानले २१ खेलमा जित हात पारेको थियो। उसले लिगका १३ खेलमा हार बेहोरेको थियो। ओमानको टोली सोमबार नेपालका लागि प्रस्थान गर्नेछ। ओमानले नेपालमा केही अभ्यास खेल खेल्नेछ।
ओमानका कप्तान मक्सूदले प्रतियोगिताका लागि तयारी राम्रो भएको प्रतिक्रिया दिए। खेलाडीहरूको अवस्था पनि राम्रो रहेकोले सुखद नतिजाको आस गरेको उनले सुनाए।
“प्रतियोगिताका लागि कडा तयारी गरिरहेका छौँ। हामीले केही अभ्यास खेल पनि खेलेका थियौँ। हाम्रो खेलाडीहरू फिट रहेका छन्। लिग–२ का केही खेल नेपालमा पनि खेलेका थियौँ। त्यहाँको बारेमा हामीलाई राम्रो जानकारी रहेको छ,” उनले भने।
समूह 'ए' मा ओमान र नेपालसँगै कतार, मलेसिया र साउदी अरब रहेका छन्। ओमानले समूह चरणका दुई खेल मूलपानी र दुई खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।
समूह 'बी' मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन छन्। हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे १ मा हुने छ। प्रतियोगिताको विजेता एशिया कपमा छनोट हुनेछ।
ओमानको टोली
जिशान मक्सूद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेरा, कली मुल्लाह, शोएब खान, कश्यपकुमार प्रजापति, अदील शफीक, जतिन्दर सिंह, मोहम्मद नदीम, सन्दीप गौड, बिलाल खान, अयान खान, नसीम खुशी, फैयाज बट्ट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
