रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापतिलाई पैसा बुझाउनुपर्ने उल्लेख गर्दै दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको छ। रास्वपाले यसबारे छानबिन शुरू गरिएको जनाएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आइतबार बाहिरिएको अडियोमा श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन कुराकानी समेटिएको छ।
सो कुराकानीका क्रममा श्रेष्ठले आफ्नो पार्टीले सरकारमा स्वास्थ्य मन्त्रालय पाउने भएको र आफू नै स्वास्थ्यमन्त्री बन्न लागेको उल्लेख गर्दै त्यसका लागि दुई करोड रुपैयाँ सहयोग गर्न प्रसाईंलाई आग्रह गरेका छन्। प्रसाईंले आफूले दुई करोड रुपैयाँ व्यवस्था गरिदिने वचन दिएको संवादमा सुनिन्छ।
श्रेष्ठले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई सो रकम बुझाउनुपर्नेसमेत बताएका छन्। सिधै रविले पैसा मागेको वा नमागेको स्पष्ट नगरेका श्रेष्ठले रविनजिकका दुई तीन जनाले ‘दुई अढाई करोड व्यवस्था गर्न भनेको’ कुराकानीका क्रममा उल्लेख गरेका छन्।
श्रेष्ठ र प्रसाईंबीचको कुराकानी सुन्दा यो कुराकानी गत माघ १ गते भएको बुझिन्छ। त्यसबेला रास्वपा सरकारमा थियो। रास्वपाबाट त्यसबेला सरकारमा सभापति रवि लामिछाने मात्र उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रूपमा सहभागी थिए। त्यसपछि भएको मन्त्रिपरिषद् बिस्तारमा मात्र अरू मन्त्री थपिएका थिए।
रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले सार्वजनिक भएको अडियो र सांसद श्रेष्ठबारे अनुसन्धान गरिने बताए।
“यसबारे पार्टीको अनुसन्धान समितिले अनुसन्धान गर्छ। अहिलेलाई उहाँ (श्रेष्ठ)लाई समितिले २४ घन्टे स्पष्टीकरण सोधेको छ र समितिको प्रतिवेदन सार्वजनिक नगरेसम्म उहाँलाई सांसदको रूपमा गर्ने कामकारबाहीबाट वञ्चित गर्छौं,” ढकालले उकालोसँग भने, “सात दिनभित्र समितिले प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। त्यसपछि केन्द्रीय समितिको बैठकले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
