नेपालमा उत्पादित चियाको एकमात्र बजार भारत हो। भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी भई यसमा आश्रित मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चिया उत्पादक संघले जनाएको छ।
झापा– नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन्। चिया व्यवसायीले भारतको कोलकक्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वभर लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन्।
नेपालमा उत्पादित चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जीटूजी’मार्फत पहल गर्न व्यावसायीको आग्रह छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेकाले यसलाई चिर्न नेपाल सरकार र सञ्चारमाध्यमको सहयोग चाहिएको बताए।
“नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ। यसलाई रोकिनुपर्छ,” उनले भने, “अर्कातिर चिया निर्यातमा भारतले ४० प्रतिशत भन्सार लगाउने तयारी गरिरहेकामा हामी चिन्तित भएका छौँ।” अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले छलफल चलाउनुपर्ने उनको भनाइ छ।
‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवर्द्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक संघले झापाको काँकडभिट्टामा आयोजित अन्तर्क्रियामा महावाणिज्यदूत पौडेलले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उनले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पारे।
उनले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत व्यवसायीलाई सुझाव दिए। “अब भारत बाहिर पनि बजार खोज्नुपर्छ,” उनले भने, “दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्न सक्छ।”
चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीले कोलकत्ता नमुना पुर्याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताए। नेपालमा नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनुपर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनुपर्ने उनको धारणा छ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागिपरेकाले नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताए।
भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी हुने जोखिम औँल्याउँदै उनले यसमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चेतावनी दिए।
चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीतिअन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
