स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड २८ खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ७१ अंक जोडेर शीर्षस्थानमा छ।
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले रियल मड्रिडलाई पराजित गरेको छ।
शनिबार राति भिल्लारियलले रियल मड्रिडलाई उसैको घरेलु मैदानमा ३–२ ले स्तब्ध पारेको हो। भिल्लारियलको जितमा सामुइल चुकविजीले २ तथा जोश लुइस मोरालेसले १ गोल गरे।
रियलका भिनिसियस जुनियरले १ गोल गरे। १ गोल भने उपहार पाएको थियो। सान्टियागो बर्नबेउमा आग्रता भने १६औँ मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले लिको थियो।
३९औँ मिनेटमा सामुइलले गोल गर्दै खेल बराबरी गरे। ४८औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। ७०औँ मिनेटमा मोरालेसले गोल गरे।
८०औँ मिनेटमा सामुइलले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियलको जित पक्का गरे। ला लिगामा रियल २८ खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ।
समान खेलबाट ४७ अंक जोडेर भिल्लारियल पाँचौं स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बार्सिलोना ७१ अंकसहित शीर्षस्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
