ताप्लेजुङमा आयोजित ‘डोको क्यारी रन’का विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
काठमाडौँ– ताप्लेजुङमा आयोजित ‘डोको क्यारी रन’को उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन्।
शनिबार आयोजित प्रतियोगितामा उनले १३ किलोमिटर दूरी एक घण्टा चार मिनेट ३१ सेकेन्डमा पूरा गरे।
मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू उपविजेता बने। उनले निर्धारित दूरी एक घण्टा चार मिनेट ४४ सेकेन्डमा पूरा गरे।
यस्तै एक घण्टा पाँच मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै फक्ताङलुङका छत्रबहादुर कार्की तृतीय भए। प्रतियोगितामा ३२ जनाले सहभागिता जनाएका थिए।
सदरमुकाम फुङलिङस्थित पुरानो बैंक लाइनबाट सुकेटारको सानो पाथीभरा मन्दिरसम्म सहभागीले १५ किलो बालुवा भरिएको डोको बोकेर दौडेर पूरा गरेका थिए।
विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
