घरेलु मैदानमा जितका लागि पाएको १२२ रनको लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपीएल) लखनऊ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ। अलराउन्डर क्रुनाल पान्ड्याको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा लखनऊले दोस्रो जित दर्ता गर्दा हैदराबाद भने लगातार दोस्रो खेलमा पराजित भएको हो।
शुक्रबार राति घरेलु मैदानमा जितका लागि पाएको १२२ रनको लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊका कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन र क्रुनाल पान्ड्याले २३ बलमा १ छक्का र ४ चौकसहित ३४ रन बनाए।
ओपनर कायल मेयर्स १३ रनमा आउट भए। निकोलस पुरन ११ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे। हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। हैदराबादका राहुल त्रिपाठी ४१ बलमा ३५ रन बनाउँदै आउट भए। उनले ४ चौका प्रहार गरे। ओपनर अनोमलप्रित सिंहले २६ बलमा ३१ तथा वासिन्टन सुन्दरले १६ रन बनाए।
अब्दुल सामद २१ रनमा अविजित रहे। लखनऊका क्रुनाल पान्ड्याले ३ तथा अमित मिश्राले २ विकेट लिए। यश ठाकुर र रवि विश्नोईका नाममा समान १र१ विकेट रह्यो। ३ खेलमा २ जितसहित लखनऊ तालिकाको शिर्षस्थानमा छ। दुवै देलमा पराजय बेहोरेको हैदराबाद अंकविहीन हुँदै तालिकाको पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
