शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
काठमाडौँ– एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसद्मा उपस्थित भएर अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए। उनले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मूकदर्शक भएर बस्यो भने संसद्को अर्थ नहुनेतर्फ पनि सचेत गराए।
“संसद् जनताको समस्या पोख्ने थलो हो। जनताको समस्या बारे यहाँ हामी गुनासा पोख्छौँ,” उनले भने, “तर, सरकार मूकदर्शक भएर बस्यो भने आम जनताबीच संसद्प्रति कस्तो धारणा बन्ला। त्यसैले सभामुख महोदय, म गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, हरेक दिन एक जना मन्त्रीले आएर प्रश्नहरूको उत्तर दिने खालको परिस्थिति बनोस्।”
पाण्डेले संसद्प्रति सरकारलाई जबाफदेही बनाउन पनि मन्त्रीहरूले संसद्मा उठेका प्रश्नको जवाफ अनिवार्य दिनुपर्ने आवश्यकतासमेत औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
