कोशी प्रदेश नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।
काठमाडौँ– सरकारले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङलाई शहीद घोषणा गरेको छ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
साथै बैठकले लिम्बूको परिवारलाई क्षतिपूर्ति दिनेसमेत निर्णय गरेको उनले बताइन्। “आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ,” मन्त्री शर्माले भनिन्, “नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ।”
चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
