रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा बोलेरो दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
मन्थली– रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँनजिक) भएको बोलेरो दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ, सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ र मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बोलेरो चालक दलबहादुर आलेमगर रहेका छन्।
चालक आलेमगरको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य चार यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।
रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खसेको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको राससले जनाएको छ।
दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो बिहीबार अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
