'ए' डिभिजन लिगमा थ्री स्टारले आर्मीमाथि संघर्षपूर्ण जित हात पार्दा अर्को खेलमा मछिन्द्रले हिमालयन शेर्पासँग बराबरीमा खेल्दै अंक बाँडेको छ।
काठमाडौँ– थ्री स्टार क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो।
थ्री स्टारका लागि मार्टिन अजयीको गोल निर्णायक रह्यो। उनले खेलको १६औँ मिनेटमा गोल गरेका थिए। सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेर काठमाडौँ फर्किएको थ्री स्टारले खेलको शुरूआती समयदेखि नै आर्मीलाई दबाबमा राखेको थियो।
खेलको १६औँ मिनेटमा कप्तान विक्रम लामाले दिएको थ्रु बलमा उनले रन बनाउँदै गोल गरे। जारी लिगमा मार्टिनको यो चौथो गोल हो। जितसँगै थ्री स्टार सातौँ स्थानमा उक्लिएको छ।
पाँच पटकको लिग विजेता थ्री स्टारले ६ खेलबाट ९ अंक बनाएको छ। आर्मी भने आठौँ स्थानमा झरेको छ। समान खेलबाट आर्मीको ८ अंक रहेको छ।

हारबाट जोगियो मछिन्द्र
बिहीबार नै भएको अर्को खेलमा फरवार्ड बिमल घर्ती मगरले इन्ज्युरी समयमा गोल गरेपछि 'ए' डिभिजन लिगको साबिक विजेता मछिन्द्र क्लब हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो।
दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तर, ८५औँ मिनेटमा हिमालयन शेर्पाले पेनाल्टी पायो। पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङको हातमा बल लागेपछि रेफ्री नवीन्द्र महर्जनले पेनाल्टी दिए।
उक्त पेनाल्टीमा सत्यम शर्माले सहजै गोल गरे। तर, इन्ज्युरी समयमा बिमलले गोल फर्काए। छिरिङको क्रसमा शेर्पाको डिफेन्स र गोलरक्षकबिच तालमेल नमिल्दा रिबाउन्डमार्फत् आएको बललाई उनले गोलमा परिणत गरे।
जितसँगै मच्छिन्द्र र हिमालयन शेर्पा दुवैको ६ खेलमा ६ अंक भएको छ। हिलायन शेर्पा १० र मछिन्द्र ११औँ स्थानमा यथावत् छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
