नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो।
काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष टोलीले फिफा वरीयतामा सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल १७४औँ स्थानमा रहेको छ। यसअघि नेपाल १७५औँ स्थानमा रहेको थियो। नेपालले अघिल्लो साता मात्रै प्रधानमन्त्री थ्री नेसन्स् फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।
नेपालले पहिलो खेलमा लाओसलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। फाइनलमा पुनः लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो।
फिफा वरीयतामा विश्वविजेता अर्जेन्टिना पहिलो स्थानमा छ। यस्तै, फ्रान्स दोस्रो स्थानमा रहेको छ। ब्राजिल तेस्रो, बेल्जियम चौथो, इंग्ल्यान्ड पाँचौँ, नेदल्यान्ड्स छैटौँ, क्रोएसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
