तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ मा चुहानडाँडा पुगेर तीन वर्षभित्र विमानस्थल बन्ने बताएका थिए। तर, साेही दिन दुर्घटनामा उनकाे मृत्यु भयो। त्यसपछि योजना पनि अलपत्र पर्यो।
काठमाडौँ– तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै सहरी विकासमन्त्री सीता गुरुङले पर्यटनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन्।
चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ तेह्रथुमका जनप्रतिनिधिसहित पर्यटन मन्त्रालय पुगेकी हुन्। त्यस क्रममा उनले विमानस्थल निर्माणका लागि निरन्तर धाइरहे पनि कर्मचारीले फाइल अड्काएर राखिदिएको गुनासो गरिन्।
“मैले दशकभन्दा पहिलेदेखि यो योजनामा मन्त्रालय धाइरहेको छु। विमानस्थलको सर्भे र सम्भाव्यता अध्ययन भइसकेको छ। तर त्यसपछि मन्त्रालयमा नै फाइल अड्किएको छ,” पर्यटनमन्त्री किराँतीसँग गुरुङले भनिन्, “मन्त्रालयमा रोकिएको फाइल शिघ्र अघि बढाइदिनुहोला, बजेट दिनुहोला।” मन्त्री गुरुङको डेलिगेसन टोलीमा तेह्रथुमको लालीगुराँसका नगरप्रमुख अर्जुनबाबु माबोहाङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरू सहभागी थिए।
चुहानडाँडा विमानस्थल निर्माणबारे २०३२ सालदेखि चर्चा भए पनि अहिलेसम्म बनेको छैन। सम्भाव्यता अध्ययन र सर्भे भने पटकपटक भइसकेको छ। “सबै सम्भाव्यता भइसक्दा विमानस्थल निर्माण गर्न उपयुक्त छ भन्ने निष्कर्ष छ। फेरी विमानस्थल निर्माण किन अघि बढेनरु तपाईले सोधीखोजी गरेर फाइल अघि बढाइदिनुहोला,” सहरी विकासमन्त्री गुरुङले पर्यटनमन्त्री किराँतीसँग आग्रह गरेकी छन्।
जवाफमा किराँतीले तत्कालै त्यसबारे बुझेर फाइल अघि बढाउने बताए। “हिजो के भयो? मैले जवाफ दिन सक्दिनँ। तर अब त्यसबारे बुझ्छु। भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ,” उनले भने ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ गते चुहानडाँडा विमानस्थल निर्माण क्षेत्र पुगेर विमानस्थल निर्माणको वचन दिएका थिए। त्यसबेला हातमा ८७ करोडको लागत अनुमानको कागज र विमानस्थलको नक्सा बोकेका मन्त्री अधिकारीले भनेका थिए, “म प्रधानमन्त्री (केपी शर्मा ओली)ले नै पठाएर यहाँ आएको हुँ, तीन वर्षभित्र विमानस्थल बन्छ, यो स्थानको समृद्धिको ढोका खुल्छ।”
तर, चुहानडाँडामा ११ मिनेट भाषण गरेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेका मन्त्री अधिकारी दुर्घटनामा परे, त्यसपछि योजना पनि अलपत्र पर्यो। त्यसपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले पनि विमानस्थल निर्माणको प्रतिबद्धता त जनाए । तर, विमानस्थल निर्माण योजनाका लागि बजेट विनियोजन गरेनन्। त्यसयता फाइल नै अलपत्र छ ।
गाउँपालिकाले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरण गरिसकेको छ। विमानस्थलका लागि २७१ रोपनी जग्गा तयार छ। त्यसमध्ये व्यक्तिका नाममा रहेको १० रोपनीमात्रै मुआब्जा दिनुपर्ने जग्गा छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि यो वर्ष बजेट विनियोजन भएको छ। सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि यो विमानस्थललाई समावेश गरेको छ। हाल यहाँ नजिकमा ताप्लेजुङ र इलाममा मात्रै विमानस्थल छन्। तर दुवै ठाउँमा नियमित उडान छैन।
ताप्लेजुङ जाने पर्यटक र यात्रुको संख्या उच्च हुने भए पनि मौसमका कारण विमानस्थल नचल्दा समस्या हुने गरेको छ। चुहानडाँडामा विमानस्थल बनेको अवस्थामा तेह्रथुमसहित पाँचथर र ताप्लेजुङका बासिन्दा तथा कञ्चनजंघा हिमाल जाने पर्यटकका लागि यात्रा सहज हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
