गान्तोक र चीनको सिमानामा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको छ।
काठमाडौँ– भारतको सिक्किमस्थित नाथुला क्षेत्रमा हिमपहिरोमा परी सात जना पर्यटकको मृत्यु भएको छ। जसमा तीन नेपाली रहेका छन्।
मंगलबार दिउँसो गान्तोक र चीनको सिमानामा रहेको जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो।
सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार १३ जना घाइते भएका छन्। त्यसमध्ये तीन जना नेपाली छन्। ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीया ज्योति गुरुङ र ४३ वर्षाका रमेश खनाल घाइते भएका हुन्। उनीहरूको ठेगाना खुलेको छैन।
हिमपहिरोमा छ वटा गाडी र ३० जना पर्यटक पुरिएका थिए। घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
